नेपाल पञ्चांग निर्णायक समितिकाअनुसार बिहान १०ः५० बजेदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएर दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ। काठमाडौंबाट मध्याह्न १२ः४० मिनेटमा सूर्य करिब ८८ प्रतिशत ढाकिएको अवस्थामा देखिनेछ।