नेपाल धितोपत्र बोर्डले यी दुई कम्पनीलाई कुल ३७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो ।

बोर्डले असार ७ गते आइतबार अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्थालाई ले साधारण सेयर (आईपीओ)  निष्काशनको लागि अनुमति दिएको हो ।

अजोड इन्स्योरेन्सले ३० लाख कित्ता अर्थात कूल ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ ।

त्यस्तै, साधाना लघुवित्तले अंकित मूल्य १०० रुपैयाँको दरले ७ लाख ७ हजार ८ सय कित्ता सेयर निष्काशन गर्ने भएको छ । संस्थाले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो ।

तपाईको प्रतिक्रिया