शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार १४ गतेदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गर्नेछ।

हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको मतलब कम्पनीको हकप्रद खरिदका लागि फागुन १२ गतेभित्र सेयर किनेर सेयरधनी कायम भएकाहरु योग्य हुनेछन्।

हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ। हकप्रद खरिदका लागि साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ।

तपाईको प्रतिक्रिया