साधना लघुवित्तको सर्वसाधारण शेयर आईपिओ असार २१ गतेदेखि खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तले जारी पूँजीको ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्ययाएको छ । जसमध्यमा बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणहरुको लागि जारी गर्ने भएको हो ।
उक्त लघुवित्तको आईपिओमा छिटोमा असार २४ गतेसम्म आवेदन गर्न सकिने छ भने उक्त समय अवधि भित्रमा सबै शेयर बिक्री नभएको खण्डका ढिलोमा साउन ४ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको छ ।

लघुवित्तको आईपिओमा न्यूूनतम १० कित्ता देखि एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । लघुवित्तको आईपिओ निष्काशन तथा बिक्रीको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले लिएको छ ।

लघुवित्तको आईपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

तपाईको प्रतिक्रिया