धितोपत्रको दोस्रो बजार भोलि सोमबारदेखि सञ्चालन हुने भएको छ।

 

 

 

 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा भीष्मराज ढुुंगानाले आज आइतबार बसेको सेबोनको बोर्ड बैठकले भोलिबाट बजार खोल्ने निर्णय गरेको जानकारी दिएका हुन । शेयर बजार खोल्ने विषयमा सेबोनद्वारा गठित समितिले बजार खोल्नुुपर्ने सुुझाव पेस गरे बमोजिम बजार खुलाउने विषयमा कमिटी र सेबोन अध्यक्ष ढुंगानाबीच हिजो शनिबार पनि लामो छलफल भएको थियो।

आज बिहानैदेखि पनि शेयरबजार खुलाउने विषयमा धितोपत्र बोर्डमा बैठक बसेको थियो।

तपाईको प्रतिक्रिया