मेगा बैंक र गण्डकी विकास बैंकले असार २१ गते आईतबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् । मंगलबार दुवै बैंकले सुचना सार्वजlनक गर्दै असार २१ गते देखि एकीकृत कारोबार गर्ने जानकारी गराएका हुन् ।

गण्डकी विकास बैंक मेगामा गाभिए पछि मेगा बैंकको नामबाट कारोबार हुनेछ । मेगा र गण्डकीले एकीकृत कारोबार गर्नको लागि असार २० गते शनिवार सम्पूर्ण सेवाहरु बन्द रहनेछ । मेगा बैंकले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयरको अनुपातमा प्राप्ति गरेको हो ।

तपाईको प्रतिक्रिया