नेपाल सरकार, अर्थ मंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भंसार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम आजबाट प्रारम्भ भएको छ ।

तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख श्री शंभु प्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गर्नु हुँदै यसले सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको बताउनु भयो । साथै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायिहरुलाई पनि सहज हुने भंसार कार्यालय जस्तो क्षम। उयचत को भ्लतचबलअभ र भ्हउयचत को भ्हष्त को मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पु¥याउने अपेक्षा गरिएको बताउनु भयो । साथै उहाँले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउनु हुँदै महासंघका प्रदेश र जिल्ला संघ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने बताउनु भयो । यसरी प्रशिक्षणको अवसर दिनुभएकोमा नेपाल सरकार, अर्थमंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय प्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्ध बहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताउनु भयो ।

तालिममा महासंघका केन्द्रिय कार्यसमिति सदस्य मीन बहादुर तामाङले सुनचाँदीका गहनाको एवं न्क्ष्ब् न्झययिनष्कत रिकेन महर्जनले हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धि प्राविधिक प्रशिक्षण दिनु हुनेछ । यस तालिमबाट भंसार चेक जाँचमा ठूलो सहयोग हुने पनि अपेक्षा राखिएको छ ।

तपाईको प्रतिक्रिया