नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकको वृद्धिले स्वागत गरेको छ। बिहीबार नयाँ वित्तीय वर्षको पहिलो दिन नै नेप्से परिसूूचक ३२.४२ अंकले बढेर नेप्से परिसूूचक १३९४.७७ विन्दुको उचाइमा पुगेको छ। यो साताको सुरुदेखि नै नेप्से परिसूूचकले झिनो अंकले सकारात्मक लय समातिरहेकोमा आज साताको अन्तिम दिन भने ३३ अंक हाराहारीले बढेको हो ।

साताको अन्तिम दिन बैंक र विकास बैंकका सेयरमा अत्याधिक लगानीकर्ताको खरिदचाप पर्दा ती उपसमूहमा उछाल आएको हो । नेपाल राष्ट्र बैंकले निकट समयमा बिग मर्जरलाई विशेष प्राथमिकता दिने संकेत पाएका लगानीकर्ताहरुको राम्रा र बलिया बैंक तथा वित्तीय संस्थामा अधिक खरिदचाप परेको देखिन्छ। सो दिन नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।

यो दिन जीवन बीमा समूहमा निकै चमक देखियो। यो समूहमा १३१.१५ अंकको बढेको छ भने बैंकिङ समूहमा ४०.९९ अंक, व्यापार समूहमा १३.९१ अंक, होटेल्स् समूहमा १२.२६ अंक, विकास बैंक समूहमा ६०.०५ अंक, जलविद्युत् समूहमा ९.९२ अंक, वित्त समूहमा १६.८२ अंक, निर्जीवन बीमा समूहमा ७९.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४५.५५ अंक, अन्य समूहमा ६.७९ अंक, लघुवित्त समूहमा ६.४८ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढेएको छ।

तपाईको प्रतिक्रिया