अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ।

इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका सञ्चालन अधिकृत रामकुमार महतले शुक्रबार दिउँसो ३ बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा आईपीओ बाँडफाँड गरिने जानकारी गराएका हुन। कम्पनीको आईपीओमा शेयर माग गर्दै आवेदन गरेका प्रति १०० आवेदनकमध्ये ५५ जनाले शेयर पाउने भएका छन् ।

क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये ४ लाख ८४ हजार ४९८ वटा आवेदन बाँडफाँडका लागि योग्य भएका छन्।

तपाईको प्रतिक्रिया