नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीकाे १० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ। अरुण भ्याली हाइड्रोपावर, किसान माइक्रोफाइनान्स, चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्सको बोनस शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो ।

अरुण भ्याली हाइड्रोपावरले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत अर्थात ६ लाख ५३ हजार १०९ कित्ता बोनस वितरण गरेको थियो। सोही शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो। त्यस्तै, किसान माइक्रोफाइनान्सको २३.९५ प्रतिशत अर्थात २ लाख ५ हजार ९९२  कित्ता, चौतारी लघुवित्तको ७ प्रतिशत अर्थात १ लाख ३० हजार २०० कित्ता र आरम्भ लघुवित्तको ७.३८ प्रतिशत अर्थात ४४ हजार २८० कित्ता बोनस सूचीकृत भएको हो।

लगानीकर्ताले उक्त शेयर आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया