राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको छनोट प्रकृया अगाडि बढेसंगै खेलक्षेत्र मात्र होईन राजनितीक क्षेत्रमा समेत चर्चा र चासो सूरु भएको छ । नेपाली खेल र खेलाडीहरुको सर्बोच्च संस्थाको रुपमा रहेको राखेपको सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेपछि २७ जना प्रत्यासीले सदस्य सचिव हुनका लागि आवेदन गरेका छन् । अव सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको सिफारिस समितिले उक्त सूचिबाट अब एक महिला सहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने छ । आवेदन दिनेमा २५ पुरुष संगै २ जना महिला रहेका छन । खेलकुद बिकास ऐन२०७७ ले ब्यवस्था गरेको बिधी अनुसार पहिलो पटक उक्त समितीले गरेको सिफारीसका आधारमा मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई राखेपको सदस्य सचिव नियुक्त गर्ने निर्णय गर्ने छ । बिगतमा राजनितीक नेतृत्वले गरेको मौखिक सिफारिसमा पार्टिका नेता वा कार्यकर्ता नियुक्त हुदै आएको राखेपको सदस्य सचिव हुन नयां ऐनले खेलकुद क्षेत्रमा कम्तीमा ५ बर्ष काम गरेको तथा स्नातक तह अध्यायन गरेको नेपाली नागरीक हुनुपर्ने ब्यवस्था गरेको छ ।
आवेदन गर्नेहरुमा पर्वतारोहण खेलकुद महासंघमा सक्रिय मेघराज पौडेलसंगै निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल र स्पोर्ट्स साइन्सका विज्ञ हाँसिल गरेका अचुतम लामिछाने सहित २७ जना छन् । आवेदकहरु मध्ये सुनसरीकी मिना श्रेष्ठ र ललितपुरकी अन्जु श्रेष्ठ मात्र महिला रहेका छन । दरखास्त दिनेमध्ये झापाका मेघराज पौडेल बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लाका पौडेल हाल पर्वतारोहण खेलकुद महासंघसँगै नेपाल स्पोर्टस क्लाईम्बिङ संघमा महासचिव रहेका छन् । उनी तत्कालीन एमालेको केन्द्रिय खेलकुद बिभागका सदस्य तथा खेलकुद महासंघमा पनि थिए ।
पौडेलले अटोमोबाइल स्पोर्ट्स सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा समेत कार्यपत्र प्रस्तुत गरेका छन् । उनले सन् २०१४ मा फिलिपिन्समा सम्पन्न एसिया प्यासिफिक ड्राइभ टुरिजम कन्फ्रेन्समा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी सन् २०१५ को अप्रिल २३ देखि २५ सम्म नेपालमै सम्पन्न एफआईए स्पोर्ट रिजनल कन्फ्रेन्सको उनी प्रोग्राम को–अर्डिनेटर थिए ।
पर्वतारोहण संघमा मात्र होईन खेलकुद क्षेत्रका जानकारहरु पौडेललाई सालिन र ईमान्दार र दीर्घकालिन योजना बनाएर काम गर्न सक्ने क्षमताको ब्यक्तीका रुपमा चिन्दै आएका छन ।
पौडेलसंगै निवर्तमान सदस्य सचिव सिलवालको पनि बलिया प्रतिस्पर्धी मानिन्छन । बौद्धिक ब्यक्तित्वको परिचय बनाएको भएपनि उनीमाथी आर्थिक मामिलामा पारदर्शी हुन नसकेको आरोप छ । खेलकुद बिकास ऐन२०७७ लागु भएपछि सिलवाल पदमुक्त भएका थिए ।
खेलक्षेत्रमात्र होईन शिक्षा र राजनितीका समेत खेलाडी सिलवाल माथी गएको बर्ष आयोजना गरिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को हिसाव किताव पारदर्शी ढंगले सार्वजनिक गर्न नसकेको आरोप छ ।
आफु आर्थिक लोभमा नफस्ने दावी गर्दै आएका सिलवाल माथी खेलकुद परिषदमा आर्थिक बेथीती नियन्त्रण गर्न नसकेको आरोप छ । पछिल्लो पटक खेलकुद प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद बिकास समिती कास्कीलाई दिनुपर्ने भुक्तानी ब्यक्तीका नाममा दिएको समाचार सार्वजनिक भएको छ ।
त्यसैगरी अर्का प्रतिपर्धी हुन बाग्लुङको बरेङ्गका लिलबहादुर थापा मगर । भलिवल खेलका राम्रा खेलाडी थापा २०५४ मा जिल्ला बिकास समितीको उपसभापति समेत भएका थिए । तत्कालिन नेकपा एकिकृत नेकपा माओवादीसंग एकिकरण गरेपछि उनी ओझेल परेका थिए ।
राखेप सदस्यसचिवका लागि आवेदन दिनेहरुमा ललितपुरको पाटनका रोशन महर्जन, चितवनको भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुको सोताङ्गका हर्कबहादुर राई, डडेलधुराको समैजीका शिवराज भट्ट, र काठमाडौंका रविराज कर्णिकार रहेका छन् ।
त्यसै गरी ललितपुरको महालक्ष्मी नगरपालिकाका निलमसिंह बज्रचार्य, काठमाडौंका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, कास्कीको पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राई, काठमाडौँ को बुढानिलकण्ठका सानुराजा केसी, ललितपुरकै सुदिल शाही, काठमाडौँका रमेशमान डंगोल, काठमाडौँका ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी र काठमाडौँको कागेश्वरीका राम पुडासैनीले पनि दरखास्त दिएका छन्।
दरखास्त दिने अन्यमा ललितपुरका सुनिल नकर्मी, काठमाडौँका रणबहादुर चन्द, मकवानपुरको हेटौँडाका दीपेन्द्र ढकाल, कास्कीको पोखराका तेजबहादुर गुरुङ र किशोर शाही रहेका छन् ।
TRENDING :