नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) परिसूचक साताको तेश्रो दिन आज १४.९९ अंकले घटेको छ । १.०२ प्रतिशतले घट्दा परिसूचक १४४९.९४ अंकमा झरेको छ ।

आज १८५ कम्पनीका ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोड २२ लाख २० हजार ४ सय ४७ रुपियाँको कारोबार भयो । नेप्सेका अनुसार आज ट्रेडिङ, होटल, उत्पादनमूलक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूहक राताम्मे भए ।  आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले आज सबैभन्दा बढी ९.८८ प्रतिशतले नाफा आर्जन गरेका छन् भने हिमाल दोलखा हाइड्रोका शेयरधनीहरुले सबैभन्दा बढी ९.८० प्रतिशतले घाटा व्यहोरेका छन् ।

तपाईको प्रतिक्रिया