पाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नबिल बैंकको १० प्रतिशत नबिल डिबेञ्चर २०८२ सूचीकृत भएको छ।

बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो। यससँगै बैंकको डिबेञ्चरमा लगानी गरेका लगानीकर्ताले उक्त डिबेञ्चर कारोबार गर्न सक्नेछन्। नबिल बैंक लिमिटेडले २०७६ चैत २ गतेदेखि चैत १६ गतेसम्म लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत वार्षिक १० प्रतिशत ब्याजदर पाइने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा जारी गरेको थियो।

निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको थियो। सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ७ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

तपाईको प्रतिक्रिया