एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मिति २०७७ श्रावण ६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गर्दैे उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ ।

साधारणसभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाज्यूले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीतिका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया