माउन्टेन इनर्जी नेपालले साउन ८ गते बिहीबारबाट आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गर्न लागेको आइपीओ स्थगित गरेको छ । देशभर जारी बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि आइपीओ बिक्री कार्य स्थगित गरेको हो । यसअघि माउन्टेनले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि बिहीबारबाट १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको थियो । अहिलेलाई स्थगित गरिएकाले अब फेरि अर्को सूचना आएपछि मात्र स्थानीय बासिन्दाले यो आइपीओ भर्न सक्नेछन् । स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ । माउन्टेनले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा गोयल समूहको मुख्य लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया