एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता  आईपीओ साउन १६ गतेबाट बिक्रीमा आउने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो। कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले साउन १६ गतेबाट साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस समयभित्र सबै शेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया