अविरल वर्षाका कारण आएको बाढीपहिरोले धान रोपाइँमा असर पारेको भएता पनि अघिल्लो वर्षको तुलनामा यस बर्ष रोपाई बढी भएको छ । गत वर्ष यति बेलासम्म करिब ६३.७९ प्रतिशत मात्र रोपाइँ भएको थियो । साउनको पहिलो तथा दोस्रो हप्ताभित्र धान रोपाइँ सम्पन्न हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लक्ष्य थियो रहेकोमा हाल देशैभरी अविरण वर्षा र बाढीपहिरोले खेतीयोग्य जमिन डुबानमा परेका कारण यो हप्ता धान रोपाइँ अलि कम भएको बताइएको छ । नेपालमा असार ३१ गतेसम्म ८२ प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ९२ प्रतिशत रोपाइँ भएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालका अधिकांश शहरमा बसोबास गर्ने मानिसहरु आ–आफ्नो गाँउगाँउ फर्किएर बाँझो रहेको जमिनको सदुपयोग गरी खेतीयोग्य जमिनमा पुनः उत्पादन गर्ने कार्य गरेकाले पनि यस वर्ष अघिल्लो बर्षको तुलनामा बढी खेतीमा रोपाई भएको पाइएको छ । जसले देशको आर्थिक क्रियाकलापको साथै नेपालको कुल ग्राहस्थ उत्पादन बढाउन समेत मद्दत मिल्छ ।

तपाईको प्रतिक्रिया