नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC)ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकबाट पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०१७ को दफा १२ अनुसार ‘पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाका रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोष राख्नुपर्ने भन्ने नियामक व्यवस्थाअनुसार आर्थिक वर्ष २०७५/७६ का वित्तीय विवरणमा सेयरधनीहरुलाई नगद लाभांश तथा बोनस सेयर वितरणको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ। कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिले स्वीकृत गरेको पत्र साउन ७ गते प्राप्त भएको जानकारी पनि बैठकमा गराइएको थियो।

तपाईको प्रतिक्रिया