लक्ष्मी म्युचुअल फन्डले लक्ष्मी उन्नति कोष नाममा आज आइतबारबाट ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई (युनिट) म्युचुअल फन्ड बिक्री खुला गरेको छ । यस फन्डले १५% अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयमा माग गरिए जति इकाई बिक्री नभएमा साउन २५ गतेसम्म आवेदन खुला रहनेछ । यस फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।

तपाईको प्रतिक्रिया