सामाजिक सञ्जालमार्फत एकजुट भएका युवाहरुको सञ्जाल रमाइलो ग्रुप समूहले बृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेका छन् । विश्व आमाबुबा दिवसको उपलक्ष्य पारेर रमाइलो ग्रुप परिवार बिर्तामोड झापाले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित आमाबुबाहरुका लागि चामल, दाल, तेल र फलफूल वितरण गरेको ग्रुपका एडमिन प्रमुख कृष्ण घिमिरेले बताएका छन् ।

उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्नकै लागि ग्रुपको सुरुवात गरिएको र आगामी दिनमा अझै यस्ता परोपकारी कार्य गर्दै लैजाने बताउनुभयो ।आश्रममा आयोजित विशेष कार्यक्रमकाबीच दिवसको अवसर पारेर खाद्यान्न वितरण गर्नुका साथै उनीहरुलाई खाना खुवाउदै सम्मान समेत गरिएको थियो । त्यस्तै यता ग्रुप का सदस्य तथा समाजसेवी सन्जिल प्रसाईंले बृद्धबृद्धालाई कोरोना रोगप्रतिरोधात्मक क्षमता बढाउने औसधि समेत वितरण गरिएको बताए ।

तपाईको प्रतिक्रिया