अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच आज एक कार्यक्रमका बीच शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारण लागि ३० प्रतिशत अर्थात ३०,००,००० कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरि जम्मा १ करोड कित्ता शेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण गराएको छ ।
उक्त शेयर सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नु भएको थियो । सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापा र मूख्य प्रवन्धक/कम्पनी सचिव श्री बैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया