नेपाली बजारमा पहेंलो धातु सनुको मूल्यले अन्तरराष्ट्रिय बजारमा वृद्धि भएसँगै मंगलवार पनि नयाँ उचाई कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रू.८०० बढेर रू. ९८ हजार २०० पुगेको छ।यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रू.९७ हजार ७६० मा कारोबार भइरहेको  छ ।

यसैगरी चाँदीको मूल्य पनि प्रतितोला रू.३५ बढेर रू १ हजार २४५ मा कारोबार भइरहेको छ ।सुनको कारोबार मंगलवार प्रतिऔंस १ हजार ९४७ डलरमा भइरहेको छ । पछिल्लो केही दिनदेखि सुनको मूल्य  वृद्धि भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारका लगानीकर्ताहरु कम जोखिम रहेको भन्दै सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया