एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी बढाबढ प्रक्रियामार्फत साउन २२ गतेदेखि बिक्रीमा आउने भएको छ। कम्पनीको चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७।५० कित्ता हकप्रद बिक्री गत चैत १२ गतेदेखि असार २५ गतेसम्म खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९।५० कित्तामात्र बिक्री भएको थियो। कम्पनीले बिक्री हुन बाँकी रहेका सेयर लिलामी प्रक्रियामार्फत बच्ने भएको हो। कम्पनीले संस्थापक समूहतर्फको ८१ हजार २२४।७५ कित्ता र सर्वसाधारणतर्फको ७९ हजार ८५३।२५ कित्ता गरी कुल १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामीमा राख्ने भएको छ।

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको लिलामीमा राखिएको सेयरहरु लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य बोलकबोल गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म तोकिएको छ। सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया