बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा गरी जम्मा १७ जना काठमाडौ उपत्यकामा कोरोना संक्रमण देखिएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ६ सय ५६ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया