सुदूरश्चिमा ग्यास उत्पादन गर्ने दोस्रो कम्पनी सञ्चालनमा आएकाे छ। सैपाल ग्यास नामक कम्पनीले बिहीबारबाट बजारमा ग्यास वितरण सुरु गरेकाे हाे।

एभरेष्ट ग्रुपले सैपाल ग्यास उद्योगमार्फत उत्पादित ग्यास वितरण गर्न सुरु गरेकाे जनाएकाे हाे। कैलालीको गोदावरी नगरपालिका– १ मा करिब ३० करोडको लगानीमा ४३ कट्टा जग्गामा उद्योग संचालनमा आएकाे छ।

सैपाल ग्यासले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने ग्यास उद्योगका संचालक शिवप्रसाद घिमिरेले बताए। पत्रकार सम्मेलन गर्दै संचालक शिवप्रसाद घिमिरेले कैलाली र कञ्चनपुरका ४० वटा डिलरमार्फत ग्यास बजारमा पठाएको जानकारी दिए। काठमाडौं उपत्यकामा समेत गरी ६ वटा ग्यास उद्योग रहेको एभरेष्ट ग्रुपले सैपाल ग्यासका लागि आयल निगमबाट करिब तीन महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको अध्यक्ष घिमिरेले बताए। एभरेष्ट ग्रुपका ग्यास उद्योगको संख्या ७ पुगेको अध्यक्ष घिमिरेले बताए।

सैपाल ग्यास कम्पनीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित पाँच जनाको लगानी थियो। उद्योग सञ्चालनमा नआउँदै उनीहरुले एभरेष्टलाई आफ्नो कम्पनी बेचेका थिए।

तपाईको प्रतिक्रिया