साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ आज आइतबारबाट निष्कासन तथा बिक्री खुला गरिएको छ।

संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको छ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने छन् । यो आईपीओको निष्कासन छिटोमा असार २४ गते र ढिलामा साउन ४ गते बन्द हुनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

साधना लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ। त्यस्तै ‘मेरो सेयर’ मार्फत पनि आवेदन भर्न सकिनेछ।

तपाईको प्रतिक्रिया