सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको छ । प्राप्ति पछि असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

सहयोगीलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप ९१ अर्ब ३५ करोड, कर्जा लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ भएको छ । बैंकको शाखा १०९ वटा, एटीएम ९८ वटा र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु भएको तथा करिव साढे ६ लाख ग्राहक भएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंकले यसअघि पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको छ ।

त्यसै गरी साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्री उदय कान्त झा “जीवन” ले सहयोगी विकाश बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ झन् सुरक्षित र उज्वल हुने बताए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने बताए ।

तपाईको प्रतिक्रिया