अजोड ईन्स्योरेन्स लिमिटेडले आज मिति २०७७/०३/२१ गते आफ्नो दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ ।
दोश्रो बार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गर्नु भएको छ । कार्यक्रम ईन्स्योरेन्सको प्रधान कार्यालय सुन्धारामा आयोजना गरिएको थियो ।


कम्पनी संचालनमा आएको छोटो अवधिमा नै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको छ ।
दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि बनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि रु.२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ । कम्पनीले डिजिटल इन्स्योरेन्सका साथै डिजिटल प्रविधिवाट बीमा शुल्क भुक्तानीका लागि कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको छ ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आ.ब.को मिति २०७७।०३।२१ गते सम्म ८९,७५८ बीमालेख जारी गरी रु. ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया