मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७,२६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ) का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

 

 

 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आज आयोजित एक समारोहमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहोराको उपस्थितीमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

तपाईको प्रतिक्रिया