साधना लघुवित्तले असार २१ गते आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आइपीओमा तीन दिनमा साढे १४ गुणा बढी आवेदन परेको छ।

लघुवित्तको आइपीओ मंगलबार साँझ पाँच बजेसम्ममा ३ लाख ६९ हजार ४६८ जना आवेदकबाट ९० करोड ८७ लाख ५४ हजार रुपैयाँ बराबरको ९० लाख ९९ हजार ०६० कित्ता शेयर खरिदको लागि आवेदन परेको कम्पनीले जनाएको छ।

लघुवित्तको आईपीओमा भोलि मिति २०७७/०३/२४ ४ गतेसम्म आवेदन दिन सकिने छ। आईपीओमा न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ।

तपाईको प्रतिक्रिया