भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि अधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.ले कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा न्यु नर्मल कोभिड–१९ योजना सुरु गरेको छ ।

भेस्पा/अप्रिलियाले सुरक्षित यात्राको लागि यस नयाँ योजना सुरु गरेको हो जसमा भेस्पा/अप्रिलिया खरीद गर्न इच्छुक ग्राहकहरुले तत्कालै रु. ५ हजार नगद छुट र सुन्य प्रतिशत ब्याजदरमा पनि लिन सक्नेछन् साथै भेस्पा र अप्रिलियाको आधिकारिक हेल्मेट, फुटमेट, स्कूटर कभर र किरिङ्गको साथै २ आर्थिक वर्षको फ्री रोड ट्याक्स समेत उपलब्ध गराएको छ ।

 

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै कम्पनीले अनलाईनबाट नै स्कुटर बुकिङ्ग गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निःशुल्क डेलिभरी समेत गराउने यस योजनाको रहेको छ । अब सबै जना आफ्नो नियमित दैनिकी जीवनमा फर्केर काम गर्न सजिलो होस् भनेर यो योजना सुरु गरिएको भेस्पा अप्रिलियाका मार्केटिंग म्यानेजर करुणा पुडासैनी जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया