साधना लघुवित्तले असार २१ गते आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आइपीओमा अन्तिम दिन सम्ममा झण्डै १७ गुणा बढी आवेदन परेको छ।

लघुवित्तको आइपीओ बुधबार साँझ पाँच बजेसम्ममा ४ लाख ५५ हजार ७२७ जना आवेदकबाट १ अर्ब ११ करोड ८७ लाख ९ सय ६० बराबरको १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

 

कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर बुधबारबाट बिक्री बन्द भएको छ। यसमा अझै भौतिक रुपमा गरिएको आवेदन आउन बाँकी नै रहेको छ।

लघुवित्तले आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ।

तपाईको प्रतिक्रिया