अजोड इन्स्योरेन्स लिमिटेडको रु. ३० करोड बराबरको आईपीओ आजबाट बिक्री खुल्ला भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित ३० लाख कित्ताबराबरको आईपीओ निष्कासन तथा बिक्री खुल्ला भएको हो। कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यो आईपीओ छिटोमा असार २९ गते (बैंकिङ समयपश्चात्) बन्द हुनेछ। ढिलामा साउन ८ गतेसम्म आवेदन दिन सकिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।

तपाईको प्रतिक्रिया