अजोड इन्सुरेन्स कम्पनीको आइपीओमा पहिलो दिनमै लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज ५ बजेसम्ममा १ लाख २९ हजार जनाले ५० लाख कित्ताका लागि आवेदन दिएका छन् । ५० करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् । सर्वसाधारणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्ताको करिब २ गुणा बढी आवेदन हो ।

आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ र मेरो सेयरबाट पनि सेयर भर्न पाइनेछ । कम्पनीको आइपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया