
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।आइएमईले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको हो ।
कम्पनीले आईपीओको बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई रोजेको छ ।
आइपिओ बिक्रीपछि कम्पनीको २ अर्ब चुक्ता पुँजी पुग्नेछ ।