आइतबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । सूचक विस्तारै तर क्रमशः उकालो यात्रामा लागेको छ । लक डाउनपछि खुलेको बजार सकारात्मक गतिमा अघि बढ्दा लगानीकर्ताको आत्मबल पनि सकारात्मक देखिएको छ ।नेप्से सूचकसँगै कारोबार रकमले दिनहुँ उत्साह भरिरहेको छ । बजार सुस्त गतिमा बढिरहेकाले दिगो सुधारको अपेक्षा गरिएको छ ।  बजार दिगो सुधारतर्फ अघि बढ्छ भन्ने विश्वास हुन जागृत हुनुपर्छ ।

नेप्से सूचक आइतबार ९.०२ अंकले बढेर १३४०.२९ विन्दुमा आइपुुगेको छ । १७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २६ लाख ७८ हजार ५०७ कित्ता सेयर कारोबार भएको छ । कुल १२ समूहको सेयर कारोबार भएकामा ७ समूह बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १९७.२४ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक १.१४ अंकले तल झरेको छ ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी १६ करोडको सेयर कारोबार भएको छ । बढी सेयर मुल्य बढ्ने सूर्योदय लघुवित्त छ भने सबैभन्दा बढी तिनाउ मिसन डेभलपमेण्ट बैंकको सेयर  मूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया