अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा आवेदन गर्ने आज सोमबार अन्तिम रहेको छ । मागभन्दा बढी आवेदन परेपछि आज निष्काशन तथा बिक्री बन्द गर्ने भएको हो।

इन्स्योरेन्सले बिक्रीमा ल्याएको आईपीओमा आइतबारसम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता अर्थात १ अर्ब ४७ करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको आईपीओको झन्डै ६ गुणा बढी हुन आउछ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिहीबारदेखि बिक्री खुला गरेको थियो।

कम्पनीको आईपीओमा २९ गतेसम्म बिक्री खुला आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ।

तपाईको प्रतिक्रिया