साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार साँझ बाँडफाँट हुने भएको छ ।

साँझ ५ बजे आईपीओ बाँडफाँटको तयारी गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँट कार्यक्रम तय भएको छ ।

उक्त कम्पनीले असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गरेको हो, जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
कम्पनीको आईपीओमा ४ लाख ५८ हजार ६४३ जना लगानीकर्ताहरुले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये १० हजार ३१ हजार जनाको आवेदन रद्द भएको विक्री प्रवन्धकले बताएको छ ।

गोलाप्रथाद्धारा बाँडफाँट हुने कम्पनीको आईपीओ ३ लाख ९२ हजार ४९१ जनाले भने पाउने छैनन् ।

६६ हजार १५२ जना आवेदकले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् ।कम्पनीको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल रू.१४ करोड ७७ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी रू. २१ करोड ७७ लाख पुग्नेछ ।

तपाईको प्रतिक्रिया