पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा स्थापित प्रभु क्यापिटलले समृद्धि क्यापिटललाई गाभिेर आज मिति २०७७ असार २९ गतेबाट एकिकृत कारोबार शुरु गरेको छ । यि दुई संस्था गाभिए पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।

एकिकृत कारोबार शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना गर्नुभएको हो । उक्त कार्यक्रममा यस किसिमको पुँजी बजारमा मर्जर पछि प्रभु क्यापिटलले थप गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा समृद्धि क्यापिटलका अध्यक्ष एलपि भानु शर्माले धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरेका छन् । त्यस्तै, धितोपत्र बोर्डमा नयाँ नियुक्ती भएको हालको अवस्थामा नेपाली पुँजी बजारले विषम परिस्थिति भोगेको भएता पनि स्थाई सरकार भएको हुँदा आउने दिनमा थप परिस्कृत भई नयाँ उचाई छुनेछ भन्ने विश्वास लिएको प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले बताए ।

मर्जर पश्चात क्यापिटलको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ८१ करोड ७१ लाख रुपैयाँ भएको छ ।

तपाईको प्रतिक्रिया