अजोड इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । यस कम्पनीको आईपिओमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने २ लाख ७३ हजार ४९८ जनाको भने हात खाली भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीको साधारण शेयरका लागि ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । सो मध्ये १७ हजार ८०० वटा आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयरका लागि असार २५ गतेदेखि असार २९ गतेसम्मको लागि विक्री खुल्ला गरेको थियो । ल्याएको थियो । जसमध्ये ४% अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५% अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि खरिद आव्हान गरेको थियो ।

इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । साधारण शेयर बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया