आइतबार २४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या २० हजार ३३२ पुगेको छ जसमध्ये जना सक्रिय संक्रमित पाँच हजार ६७२ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अब आरडिटि परीक्षण रोक्न सरकारले निर्देशन दिएको जनाएको छ । त्यसैगरी ६० वर्ष भन्दा माथिका वृद्ध वृद्धा तथा १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया