दुई कम्पनीको लिलामी शेयर आवेदन समय आज बन्द हुदै छ ।  सो मध्ये प्रुडेन्सियल इन्स्योरेन्सले लिलामीमा राखेको सर्व साधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

लिलामी शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीको शेयरमा एनएमबि क्यापिटलका साथै एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन भर्न सकिने छ । इन्स्योरेन्सले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको ६० प्रतिशत हकप्रदमा आवेदन नपरेको शेयर लिलामीमा ल्याएको हो ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर साउन १२ गतेदेखि लिलामीमा राखेको थियो । उक्त शेयर आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ८०० रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्न सक्नेछन् ।

आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

न्यूनतम १०० कित्तादेखि माथीको शेयरमा १० ले भाग जानेगरि खरिद गर्न सकिने छ।

कोषको शेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया