साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका काम कारवाहीका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

यस कम्पनीले गत असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरी साउन २९ गते बाँडफाँट गरेको छ । उक्त आईपीओ धितोपत्र दोस्रो बजारमा भने हालसम्म सूचीकृत भएको छैन ।

देशमा कोरोना संक्रमणका कारण भएको असहज परिस्थितिले सूचीकरणमा ढिलाई भएको कम्पनीको भनाइ छ । यद्यपी आज भोलिभित्रै सूचीकरण भइसक्ने जानकारी कम्पनीले गराएको छ । यस कम्पनीमा संस्थापकतर्फ रू. १४ करोड ७० लाख र सर्वसाधारण तर्फ रू. ७ करोड ७ लाख ८० हजार शेयर पूँजी रहेको छ ।

तपाईको प्रतिक्रिया