अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य कारोबार भएको दोस्रो दिनमा १० प्रतिशत वृद्धि भएर रू. ३५२ पुगेको छ ।  आइतवार कम्पनीको शेयर मूल्य रू. ३२० मा बन्द भएको थियो ।

कम्पनीको शेयर पहिलो कारोबारको लागि नेप्सेले मूल्य रू. ९७ देखि २९१ सम्म तोेकेको थियो । कम्पनीको संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण्को ३० प्रतिशत शेयर नेप्सेमा सूचीकृत गराएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. १ अर्ब पुगेको छ ।

तपाईको प्रतिक्रिया