साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर नेप्सेमा सुचीकृत भएको छ । वित्तीय संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता शेयरहरु साउन २१ गते सुचिकृत भएको हो । नेप्सेले पहिलो कारोबार रेन्च प्रतिकित्ता १ सय ३० दशमलव १२ रुपैयाँ देखि ३ सय ९०.३६ रुपैयाँ तोकेको छ ।

वित्तीय संस्थाले असार २१ गतेदेखि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया