समाज लघुवित्तले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले ८६ लाख बराबरको ८६ हजार कित्ता शेयर निष्काशन गर्न साउन २१ गते बोर्डबाट अनुमति पाएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीमा संस्थापकको ५७ प्रतिशत र सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

समाज लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै फागुन १६ गते बोर्डमा आवेदन दिएको थियो ।

तपाईको प्रतिक्रिया