सरकारले बिहीबारदेखि पुनः जोरबिजोर प्रणाली लागु गरेकाे छ। सरकारले काठमाडौं उपत्यका र २ सय बढी सक्रिय काेराेना संक्रिमत भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको हो। गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने निर्णय भएको बताइएकाे छ। मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिवाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ। यी जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। साथै सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने विज्ञप्तिमा उल्लेख छ।

Online Arthik










