स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो खुद नाफामा सुधार गरेको छ। लकडाउनको बाबजुत पनि लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा साढे ८४ प्रतिशतले बढेको छ ।

लघुवित्तले असार मसान्तसम्ममा २ करोड ८८ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको यसै अवधिमा यस्तो नाफा एक करोड ५६ लाख १३ हजार थियो। गत असार मसान्तसम्ममा लघुवित्तले २१ करोड ४३ लाख बचत संकलन र ७१ करोड २० लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १ अर्ब २ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तले १३ प्रतिशत बढीले कर्जा विस्तार गरेको छ।

७० शतप्रतिशत बढीले खुद ब्याज आम्दानी र अन्य आम्दानी वृद्धिसँगै लघुवित्तको नाफामा सुधार आएको हो। लघुवित्तले हाल ७ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ८९ लाख छ।
लघुवित्तको जगेडा कोषको आकार १३२ प्रतिशतले बढ्दा ३ करोड ६७ लाख पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १३९.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.७७ गुणा छ।

तपाईको प्रतिक्रिया