रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक २०७६/०७७ वर्षको चौथौ त्रैसाससम्ममा अधिकांश सूचकमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यवस्या विस्तारसँगै बीमा शुल्क आर्जन र खुद नाफामा बढोत्तरी गरेको हो। साथै कम्पनीको जगेडा कोष, बीमा कोष लगायतमा पनि उच्च सुधार देखिएको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत असारमसान्तसम्म एक अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो असारसम्म इन्स्योरेन्सले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन ८७ प्रतिशतले बढेको छ। कम्पनीले सो अवधिमा १७ हजार ८८९ बीमालेख जारी गरेको छ ।

कम्पनीले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा २ करोड ९२ लाख १९ हजार खुद नाफा कमाएको थियो । कम्पनीको नाफा ४८.४५ प्रतिशतले वृद्धि भएको हो।

इन्स्योरेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट साउन १६ गते अनुमति पाएको थियो ।

तपाईको प्रतिक्रिया