उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीन जिल्लाहरुलाई समेटर सर्ट डाउन गर्ने तयारी गरेको छ । सर्ट डाउन गर्ने कि नगर्ने भन्ने बारेमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरुबीच छलफल भईरहेको बुझिएको छ ।

हाल उपत्यकामा बैंक, सरकारी कार्यालय तथा सुरक्षा निकायको कर्मचारीहरुमा जोखिमको दर बढ्दै गएको छ ।

सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गर्न लागेको निकट स्रोतले बताएको छ ।

सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेक अरु सेवा तत्कालको लागि रोक्ने र आंशिक रुपमा कार्यालयहरु खोल्ने तयारीमा प्रशासन लागिरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया